२०८२, पौष १५ गते

Dec 30 2025 | २०८२, पौष १५ गते

राष्ट्रिय एकता मजबुत बनाउन सामाजिक एकता कायम गरौ : गृहमन्त्री

बिहिवार , आश्विन १८, २०८०

  • 958
    Shares
  • 958
    Shares
  • महोत्तरी, १७ असोज ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् । बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भडकाउने चलखेल भएको बताउँदै गृहमन्त्री मन्त्री श्रेष्ठले नेपाली जन्ताको समृद्धिको लागी संघीय गणतन्त्र जरुरत भएको बताएका हुन् । 

    मधेश प्रदेशको सुरक्षा चुनौतिको विषयमा छलफल गर्न महोत्तरी पुगेका गृहमन्त्री श्रेष्ठले धार्मिक स्वतन्त्रतामा समेत खलल पुर्याउने काम भइरहेको धारणा राख्दै बहुजाती, बहुभाषी, बहुधर्म तथा विविधताबीचको अनेकतामा गम्भिर समस्याको विषयमा सरकारको ध्यानाकर्षण भइरहेको बताए ।

    ‘धार्मिक मुद्दाहरुमा कहिल्यै द्वन्द्व नभएको मुलुकमा द्वन्द निम्त्याउने केही संकेतहरु देखिएका छन् । उनले भने, ‘त्यसैले एकता, सौहार्दता र सहिष्णुतालाई जोगाउने महत्वपूर्ण मुद्दा बनिरहेको छ ।’ सामाजिक एकता कायम गरेर त्यस्को जगमा राष्ट्रिय एकता बलियो बनाए मात्र मौलिक मूल्य र संस्कृतिको जगेर्ना हुन सक्ने बताउदै गृहमन्त्री श्रेष्ठले सबैजना गम्भीर हुन पनि अनुरोध गरेका छन ।

    सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर बनाउने दिशातर्फ नलाग्न र विविधताबीचको अनेकतामा गम्भीर बन्न उनले आग्रह गरेका छन् । कमजोर राष्ट्रियताको जगमा सुशासन र सामाजिक न्याय स्थापना गर्न समस्या बन्न सक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री श्रेष्ठले यसको लागि सरकार कानूनको पालना गर्न र गराउन दृढ रहेको पनि जिकिर गरे ।

    छलफलमा सहभागी मधेश प्रदेशका कार्यावाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले गृह मन्त्रालयबाट सुशासन स्थापनाका निमित्त धेरै प्रयास भएको भन्दै प्रशंसा गरेका थिए ।