२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

जन्मदिनको अवसरमा सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई कापी सहयोग

बुधवार , आश्विन १७, २०८०

भैरहवा, १७ असोज ।
भैरहवाका एक युवाले आफ्नो जन्मदिनको अवसरमा सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी सहयोग गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का आकाश पौडेलले जन्मदिनको अवसरमा सोही वडामा अवस्थित श्री भानु माध्यमिक विद्यालयका विद्यार्थीलाई कापी सहयोग गरेका हुन् ।

आफूले जन्मदिन मनाउने खर्च खटाएर विद्यार्थीहरुलाई सहयोग गरेको पौडेलले बताए । भानु माविमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई ४–४ वटाका दरले कापी प्रदान गरेको उनले बताए ।

पौडेल नेपाल विद्यार्थी संघ रुपन्देहीका उपसभापति समेत हुन् । उनी लियो क्लब अफ होलीसिटी सिद्धार्थनगर, जेसीआई सिद्धार्थ, नेपाल लगायत विभिन्न संघ–संस्थामा आबद्ध छन् ।

384543810_698618761736037_8286745678940877740_n.jpg