२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

यो सरकारले पिए मात्रै लिएर बिदेश जाऊँ भनेर सभामुखको अपमान गरयो : ओली

मंगलवार , आश्विन १६, २०८०

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बाेल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको बिषयलाई लिएर सो आरोप लगाएको हो ।

‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान ग¥यो,’ ओलीले भने, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन्, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? अरूलाइ चाँही अपमान गर्ने, सभामुख पदकाे गरिमाकाे ख्याल गर्नु पर्दैन ।’ 

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाए । 

उनले यसअघि सभामुखहरुको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरुलाई पठाउने गरिन्थ्यो ? त्यो ख्याल नगरी प्रचण्ड सरकारले मानमर्दन गरिएको उनको थप आरोप छ ।