२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

सशस्त्र सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा क्यालेन्डरमा राखियो, सच्चाउनुपर्छ : अध्यक्ष ओली

मंगलवार , आश्विन १६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १६ असोज ।

    तत्कालिन नेकपा माओवादीले सशस्त्र सुरु गरेको दिनलाई क्यालेन्डरमा समावेश गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउनुपर्ने मागसमेत गरेका छन् ।  

    ‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय बिदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ, उनले संसदमा भने, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, क्लियर भाषामा भनेको छु, यो स्विकार्य छैन, यदी फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’

    ओलीका अनुसार माओवादीले सशस्त्र सुरू गरेकाे दिन फागुन १ लाइ राष्ट्रिय दिवसकाे रूपमा क्यालेन्डरमा राखेकाे छ ।