२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

क्रिकेटमा भारतसँग पराजित भएपछि ओलीले भने, ‘हाम्रो प्रतिष्पर्धा क्षमता बढेको छ’

मंगलवार , आश्विन १६, २०८०

  • 829
    Shares
  • 829
    Shares
  • काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेलप्रति सन्तुष्ट ब्यक्त गरेका छन् ।

    एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि ओलीले सो एकदिन जीत हुनेमा आशावादी हुनु पर्ने बताएका छन ।

    ‘मात्र २३ रनको फरक, हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।’

    चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिए पछि ओलीको सो प्रतिक्रिया आएको हो ।

    भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित हुन पुग्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिन सफल भएका थिए ।

    यो हारसँग नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।