
मंगलवार , आश्विन १६, २०८०
विराटनगर, १६ असोज ।
नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाएका छन् । प्रतिष्पर्धी बिनोद ढकालको तस्विर राख्दै खतिवडाले आफूहरु कहिल्यै फरक नभएको पनि जनाएका छन । उनले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गरेका छन् ।
‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘फेरी पनि जबजको मार्गदर्शनमा समाजवादको यात्रामा जनता, जनजीविका, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानका लागी ‘समृद्ध नेपाल सुखी नेपाली’ को पार्टीले लिएको मुल मन्त्र बोकेर हामी संगसंगै सहयात्रा गर्ने छौ ।’ उनले सबै मतदाताहरुलाई हार्दिक आभार व्यक्तसमेत गरेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij