
सोमवार , आश्विन १५, २०८०
पोखरा, १५ असोज ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दावी गरेका छन् । एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरु जेल जाने दावी गरेका हुन् ।
सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनले जनतामा भ्रम सिर्जना गर्ने कोशिष गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij