२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

एमाले गण्डकी प्रदेश अधिवेशन आजदेखि, ओली पोखरा पुग्दै

सोमवार , आश्विन १५, २०८०

पोखरा, १५ असोज । 
नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आइ पुग्दैछन ।

अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालको तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदै छु ।’

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उद्घाटन सुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ । सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन ।