
आइतवार , आश्विन १४, २०८०
काठमाडौं, १४ असोज । जापान पठाइदिने आश्वासन दिएर ठगेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–२ का ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन्।
उनी जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपारमा सञ्चालक हुन्। उनी हाल काठमाडौंस्थित धुम्बाराही बस्दै आएका थिए।
प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए। उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काममा काम लगाइदिने र मासिक एकलाख ८० हजार तलब हुने आश्वासन दिएका थिए।
उनले पीडितहरूबाट पटकपटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।
रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए। थप थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij