२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

संविधान दिवसकाे मौका छोपेर अपराधीलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने

आइतवार , आश्विन १४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका हुन् ।

जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली सदाका लागि बन्द गर्न उनले माग गरे । त्यस्तै लामिछानले सधै घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाए । 

उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए ।