२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

आइतवार , आश्विन १४, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् । पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिएको सञ्चार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन । 

    त्यस्तै सरकारले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधिश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगको सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

    आयोगले सुन तस्करीको नियन्त्रण गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न आयोग गठन गरिएको उनले बताइन । प्रवक्ता शर्माले सरकारका निकायहरुले गरेको छानविनलाई पनि आधार मानेर आयोगले काम गर्ने धारणा राखिन् ।