२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फिर्ता

आइतवार , आश्विन १४, २०८०

काठमाडौं, १४ असोज । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा उनी केही दिनअघि कतार गएका थिए । 

कतारको दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ शनिबार स्वदेश फर्किएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायतका नेताहरुले स्वागत गरेका थिए । 

सो भ्रमण दलमा रहेका केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सँगै स्वदेश फर्किएका छन ।