२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राप्रपा नेपालले आज वीरगंजमा सभा गर्दै

आइतवार , आश्विन १४, २०८०

वीरगंज, १४ असोज ।

राप्रपा नेपालले आइतबार (आज) पर्साको वीरगंजमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पूर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए । 

पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसै गरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ ।’ 

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागीता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष  कमल थापा, नेताहरु राजिव पराजुली, तारानाथ लुईटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौल लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।