
शनिवार , आश्विन १३, २०८०
भैरहवा, १३ असोज ।
चित्रांस महिला समिति र कर्ण गोष्ठी महिला समूहको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति भैरहवा, रुपन्देहीको सहयोगमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा चित्रांस जितिया कार्यक्रम गरिएको छ । शुक्रबार सिद्धार्थनगर–६ स्गित चित्रगुप्त मन्दिरको अगाडि उक्त कार्यक्रम भएको चित्रगुप्त युवा सेवा समिति भैरहवाका अध्यक्ष रत्नेश मल्लिकले बताए ।
चित्रांस महिला समितिकी अध्यक्ष मिनु कर्णको अध्यक्षता, मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको विशिष्ट आतिथ्यता, चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिक, शिल्पा श्रीवास्तव, अमित श्रीवास्तवलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजका ६ जना वृद्धाहरुलाई सम्मान गर्नुका साथै साँस्कृतिक प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. विजय कुमार दत्तले सामूहिक जितिया कार्यक्रमले चाडपर्वको संरक्षणमा टेवा पुर्याउने बताए ।
चित्रांस महिला समितिकी सल्लाहकार अनिता कर्णले छोराको दीर्घायुको कामना गर्दै यो पर्व मनाइने बताइन् ।
कार्यक्रममा मिना कर्ण, बिन्दु मल्लिक लगायतको उपस्थिति रहेको थियो । जितिया पर्व असोज २० गते भए पनि कार्यक्रम पहिले नै गरिएको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij