
शनिवार , आश्विन १३, २०८०
काठमाडौं, १३ असोज ।
अधिवेशन सुरू भएको ५ दिनपछि नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । गत असोज ९ गतेबाट सहमतिको प्रयास गरे पनि विफल भएपछि मतदान प्रक्रियामा गएको एमालेले बाग्मतीले अधिवेशन सुरू भएको पाँच दिनपछि नयाँ नेतृत्व पाएको हो ।
जसअनुसार अध्यक्षका लागि प्रतिष्पर्धामा रहेका दुइमध्ये कैलाश ढुंगेल अन्तत निर्वाचित भएर नेतृत्वमा आएका छन । शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रामेछापका ढुंगेलले ६९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिष्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरेका छन् ।
यसैगरी, ६१५ मतसहित उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन भने सचिवमा १ मत बढी मत प्राप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भएका छन् । पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त उनका प्रतिष्पर्धी हस्त पण्डितले जम्मा १ मतले पछि पर्दै ५६७ मत ल्याएका छन् ।
उपसचिवमा प्रेम कुमार महर्जन ५९९ मतसहित र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
साथै, लेखा आयोग अध्यक्ष श्याम कृष्ण श्रेष्ठ विजयी भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij