
शुक्रवार , आश्विन १२, २०८०
बुटवल, १२ असोज ।
प्रेस चौतारी नेपाल, रुपन्देहीको शुक्रबार सैनामैनामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता तथा केन्द्रीय सचिव प्रदीप आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले दशैं, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नेलगायतका निर्णय गरेको हो ।
बैठकले उक्त कार्यक्रम सम्पन्न गर्नको लागि अस्मिना पाण्डेयको संयोजकत्वमा रामबहादुर गुरुङ्ग र सुमित्रा चापागाईं सदस्य रहेको तयारी समिति गठन गरेको छ ।
त्यसै गरी बैठकले संगठनका सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरुलाई दिएको छ । बैठकले संगठनको जिल्ला कार्यसमिति सदस्यमा कृष्ण रणपाल र विष्णु भट्टराई तथा सल्लाहकारमा संगठनका केन्द्रीय सदस्य एवं पूर्वअध्यक्ष अमृत गिरी र रामप्रसाद आचार्यलाई चयन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा संगठनका केन्द्रीय सचिव आचार्यले सामाजिक सञ्जालको बढ्दो प्रयोगको परिवर्तित सन्दर्भमा पत्रकारको भूमिका थप सशक्त हुनुपर्नेमा जोड दिए । उनले प्रेस चौतारी पत्रकारहरुको हकहित तथा सशक्तिकरणमा योजनाबद्ध रुपमा काम गर्दै अघि बढेको बताए ।
जिल्ला सचिव केशव भण्डारीको सञ्चालन तथा उपाध्यक्ष बीपी गौतमको स्वागतमा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य अमृत गिरी, नेकपा एमालेका जिल्ला सदस्य चन्द्रकान्त भण्डारीलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij