२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर

बिहिवार , आश्विन ११, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ११ असाेज । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल वसन्तपुरमा पुगेका छन् । जुद्ध शमशेरको शालिकदेखि उनी हिँड्दै वसन्तपुर पुगेका हुन् । 

    जुद्ध शमशेरको शालिकबाट हनुमानढोका तिर सवारी साधन लैजान काठमाडौं महानगरले रोक पनि लगाएको छ । तर, धैरै भिडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति पौडेल हिँडेर गएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलोपटक हो ।