२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

मोहम्मद जयन्तीमा लोसपाद्वारा निःशुल्क जुस तथा पानी वितरण

बिहिवार , आश्विन ११, २०८०

भैरहवा, ११ असोज । 
इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४९८ औं जन्मदिनको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले भैरहवामा निःशुल्क पानी तथा जुस वितरण गरेको छ ।

१४९८ औं मोहम्मद जयन्तीको अवसरमा र्‍यालीमा सहभागी बालबालिकालाई लक्षित गरी लोसपाले बिहीबार भैरहवास्थित मिलनचोकमा पानी तथा जुस वितरण गरेको पार्टीका युवा नेता तथा लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद अलीले जानकारी दिए ।

जुस तथा पानी वितरण कार्यक्रममा लोसपा प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेय, लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद अली, विद्यार्थी नेता जैनुद्दीन देवान, लोकतान्त्रिक विद्यार्थी संघका रुपन्देही जिल्ला अध्यक्ष रोशन मिश्रा, उपाध्यक्ष रमजान अली, उपाध्यक्ष कृष्ण गुप्ता, विद्यार्थी नेता वीरेन्द्र गौतम, अब्दुल कादिर, लक्की पाण्डेय, आकाश मौर्या, शुभम शर्मा, स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस सदस्य इरफान अलीलगायतको उपस्थिति रहेको थियो ।