२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

पक्लिहवा माविमा जुनियर रेडक्रस सर्कल गठन

बुधवार , आश्विन १०, २०८०

भैरहवा, १० असोज ।
सिद्धार्थनग नगरपालिका वडा नम्बर १ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यायमा जुनियर रेडक्रस सर्कल गठन तथा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको आयोजनामा बुधबार उक्त कार्यक्रम भएको हो ।

ऋषि हरिजनको अध्यक्षतामा पक्लिहवा मा.वि. जुनियर रेडक्रस सर्कल गठन गरिएको विद्यालयले जनाएको छ । जसको उपाध्यक्षमा निखिल राजभर, सचिवमा प्रभुनाथ कोहार र कोषाध्यक्षमा आमरिन खातुन रहेका छन् । त्यस्तै सदस्यहरुमा अरुण यादव, अब्दुल रहमान गद्दी, रुपाली तिवारी, शिव कुमार बनिया, अमृत कुमाल, निसा पासी र नेहा बनिया रहेका छन् ।

कार्यक्रममा बोल्द नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका कोषाध्यक्ष तथा पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष एवं युवा समाजसेवी सुशील गुरुङ्गले विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन कार्यले विद्यार्थीहरुमा आकस्मिक रुपमा दुर्घटना हुँदा प्राथमिक उपचारमा सहयोग पुग्ने बताए । उनले यति मात्र नभइ विभिन्न जनचेतनामूलक कार्यक्रम, स्वयंसेवी कार्य, तालिम, अतिरिक्त क्रियाकलापलगायतमा सर्कलले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरे ।

रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति सुमन शर्माको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका कोषाध्यक्ष तथा पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेत, रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका पूर्व अध्यक्ष तथा बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने लगायतले जुनियर रेडक्रस सर्कलको महत्वबारे प्रकाश पारेका थिए ।

डेंगु सचेतना कार्यक्रमअन्तर्गत जिल्ला शाखाका डेंगु कार्यक्रमका सहजकर्ता सुरक्षा भट्टराईले डेंगु नियन्त्रण, रोकथाम, खोज र नष्ट अभियान बारेमा सहभागी शिक्षक–शिक्षिका, विद्यार्थीहरुलाई अभिमुखीकरण गरेकी थिइन् ।

कार्यक्रम संयोजक माधव शर्माकोे स्वागत तथा ऋषिराम पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेलहिया उपशाखाका राकेश गुरुङ्ग, पंकज उदास, भरत थापा, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, शिक्षक नायक याम कुमारी राना, समाजसेवी मोहनसिंह शाही, ओजश शर्मा, नन्द राना, तेजेन्द्र गुरुङ्ग, रेडक्रस स्वयंसेविका सारिका शर्मा, शितल शाही, अनिषा नेपाललगायतको उपस्थिति रहेको थियो ।