२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सालकको खपेटासहित चारजना पक्राउ

बुधवार , आश्विन १०, २०८०

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • काठमाडौं, १० असाेज । काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको   हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।