images

मंगलवार, बैशाख १८ गते २०८१

परदेशी–२ को प्रचारप्रसारका लागि प्रकाश सपूतसहितको टोली देश दौडाहमा

परदेशी–२ को प्रचारप्रसारका लागि प्रकाश सपूतसहितको टोली देश दौडाहमा

images
images
images
मंगलवार, आश्विन ९ २०८०
मंगलवार, आश्विन ९ २०८०
  • परदेशी–२ को प्रचारप्रसारका लागि प्रकाश सपूतसहितको टोली देश दौडाहमा

    रुपन्देही, ९ असोज । 
    यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’ को टिम यतिबेला प्रचारप्रसारका लागि देश दौडाहामा छ । दशैंको अवसर पारेर  प्रदर्शन गर्न लागिएको यो फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टीमले मंगलबार रुपन्देहीका विभिन्न कलेजहरुमा पुगेर भेटघाट गरेको छ भने बुटवलमा पत्रकारहरुसँग साक्षात्कार गरेको छ ।

    images

    चलचित्र पत्रकार संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफू अभिनित पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए । ‘जब मैले यो फिल्म गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन । पहिलो फिल्म भएकोले उत्साहित भएको छु, ’उनले भने ।

    आगामी दिनमा आफ्नै कथामा फिल्म निर्र्माण गर्ने योजनामा रहेको उनले सुनाए । प्रकाशको यो डेब्यु चलचित्र हो । त्यस्तै अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’ को कथा सबै नेपालीको कथा भएको बताइन् ।

    मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको उनले सुनाइन् । ‘परदेशी २ मा प्रत्येक घरघरको कथा समावेश छ । यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । यो हामी सबैको कथा समेटिएको फिल्म हो । त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’, उनले भनिन् ।

    निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेकोे बताए । संसार घुमे पनि आफ्नो मातृभूमि र आमाबुवालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’ को मूख्य सार रहेको उनले सुनाए । ‘परदेशी २’ ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमतिसमेत प्राप्त गरिसकेको उनले जानकारी दिए ।

    फिल्मको टीमले मंगलबार नै बुटवलका विभिन्न कलेजहरुमा पुगेर ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग पनि साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी देखिन्थे ।

    युवा पुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् । 

    बिबि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । ‘परदेशी २’को टप्म पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ । विभिन्न हिसाबले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij