२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

आवश्यक सुरक्षाको माग गर्दै काठमाडौंमा चिकित्सकहरुकोे  प्रदर्शन

मंगलवार , आश्विन ९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगाएत प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरु कुटिनु दुखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताए ।

    त्यस्तै उनीहरुले अव सरकारले आफुहरु उधारो सहमति मान्य नहुने स्पष्ट पारेका छन् । पोखराको मणिपाल अस्पताल, चितवन लगाएतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरु आन्दोलित भएका हुन् ।