२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देहीका सिडिओलाई जसपाले भन्यो : राम्रा काममा सहयोग रहन्छ

मंगलवार , आश्विन ९, २०८०

भैरहवा, ९ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालसँग भेटघाट, स्वागत तथा छलफल कार्यक्रम गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर जसपाका नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन् ।

भेटघाट कार्यक्रममा जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले रुपन्देहीमा हुने राम्रा कामहरुमा पार्टीकोतर्फ साथ र सहयोग गर्ने बताए । उनले कानूनविपरीत कुनै पनि काममा पार्टी नलाग्ने प्रष्ट पारे । उनले भने, ‘जसपाले जिल्लामा भएका राम्रो काममा सहयोग गर्छ । विभेद, विसंगतिविरुद्ध हावाज उठाउँछ । तर, जसपालाई पनि समान रुपमा व्यवहार गरियोस् ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाको विकासका लागि राजनीतिक दलको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

IMG_9614.JPG

भेटघाट तथा छलफल कार्यक्रममा जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, विद्यार्थी, युवा नेताहरुलगायतको उपस्थिति रहेको थियो ।

IMG_9654.JPG