
मंगलवार , आश्विन ९, २०८०
रुपन्देही, ९ असोज ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
मंगलबार बिहान भएको यो घटनाले आफूलाई दुःखी तुल्याएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताएका छन् ।
उनले घाइते यात्रुहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्वार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रशासन लगायतलाई निर्देशन दिएको गृहमन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij