
सोमवार , आश्विन ८, २०८०
भैरहवा, ८ असोज ।
प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को केन्द्रीय वरिष्ठ सह–अध्यक्षमा मनोनित भएका छन् ।
सोमबार पुनर्गठित ३११ सदस्यीय केन्द्रीय समिति अनुसार शुक्लले सह–अध्यक्षको जिम्मेवारी पाएका हुन् । उनी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल कुमार झा पछिको वरियताक्रममा छन् ।
रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शुक्ल पूर्व शिक्षा मन्त्री समेत हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा रुपन्देहीबाट राजेश रंजन वर्मा (अजय वर्मा), बालकृष्ण त्रिपाठी, रामशंकर कोहार, जानकी प्रसाद चौधरी, मोहम्मद इस्लाम खाँ, महेन्द्र गुप्ता (प्रशान्त), रामगणेश पाल, सन्दिप त्रिपाठी, श्रीनिवास यादव, अंजली कुमारी जैसवाल, शान्ती श्रेष्ठ, पारुल बेरिवाल, नितु शर्मा, रुकमणि चौधरी र ईन्द्र सुवेदी अधिकारी मनोनित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij