
सोमवार , आश्विन ८, २०८०
बारा, ८ असोज ।
दुधौरा खोलाबाट बालुवा उत्खनन् गरेर जादै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुरतर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले साँझ ८ वटा र दिउँसो दुईवटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना २ त ५९९७, ना २ त ९७१३, ना २ त ९९४४, ना २ त ९८७९, ना ३ त ४४१२, ना ४ त ७१५८, ना ४त ४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।
त्यसै गरी जीतपुर सिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्याक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवासहित ट्याक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij