२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

नेपाल फर्मास्यूटिकल एसोसिएसन लुम्बिनी प्रदेशद्वारा भैैरहवामा रक्तदान

सोमवार , आश्विन ८, २०८०

भैरहवा, ८ असोज ।
विश्व फार्मासिस्ट दिवसको अवसर पारेर नेपाल फर्मास्यूटिकल एसोसिएसन (एनपीए) लुम्बिनी प्रदेशले सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको सहयोगमा सिद्धार्थनगर नगरपालिका–३ सकुनीपथ (मेडिकल कलेज रोड) स्थित लायन्स ब्लड बैंकमा भएको कार्यक्रममा २७ युनिट रगत संकलन भएको नेपाल फर्मास्यूटिकल एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष भोजराज बस्यालले बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी डाक्टर रामप्रसाद बस्यालले देशमा धेरै फार्मासिस्ट उत्पादन भएको बताए । उनले लगनशील भएर काम गर्न आग्रह गरे । उनले भने, ‘फार्मासिस्टको दायित्व र जिम्मेवारी बुझेर अगाडि बढ्नुपर्छ । ’ उनले नेपालका फार्मासिस्टले गुणस्तरीय औषधि वितरण गरेको बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले रक्तदान पुनित काम भएको बताए । उनले रगतले मृत्युको शैयामा पुगेका व्यक्तिको पनि ज्यान बनाउने भएकाले रक्तदानको महत्व रहेको बताए । उनले भने, ‘कम्तीमा आफ्नो जन्मदिनमा ब्लड बैंकमा आएर रक्तदान गर्नुहोस् । रक्तदान गरेर रगतको सदुपयोग हुनेछ ।’

नेपाल फर्मास्यूटिकल एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्यालले पेशालाई मर्यादित बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले ५६ प्रतिशत औषधिमा नेपाल आत्मनिर्भर भएको बताए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सचिव विनोद खरेलले विश्व फार्मासिस्ट दिवसको अवसर पारेर नेपाल फर्मास्यूटिकल एसोसिएसन लुम्बिनी प्रदेशले सराहनीय कार्य भएको बताए ।

IMG_9551.JPG

कोरल फर्मास्यूटिकल्सका निर्देशक विराज खनाल, फार्मासिस्ट सभ्यता खनाल, मोहन चौधरी, आशिष खनाललगायतले बोल्दै पेशालाई सँगै लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल फर्मास्यूटिकल एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष भोजराज बस्यालको अध्यक्षता, समाजसेवी डा. रामप्रसाद बस्यालको प्रमुख आतिथ्यता, मोहन चौधरीको स्वागत तथा आशिष खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।