
आइतवार , आश्विन ७, २०८०
देउखुरी, ७ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृह जिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन् ।
दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्री सरह सुविधा दिने गरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुने गरी बस्नेतलाई सल्लाहकार पदमा नियुक्त गरिएको हो । बस्नेतले आइतबार मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा दाङ प्रदेशसभा (२) बाट उम्मेदवार थिए। दुई पटक कांग्रेस जिल्ला सभापतिका उम्मेदवार बस्नेत हाल महाधिवेशन प्रतिनिधि छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij