२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

बेलहिया गाउँ समाजको नयाँ नेतृत्वका लागि मतदान जारी

आइतवार , आश्विन ७, २०८०

भैरहवा, ७ असोज ।
बेलहिया गाउँ समाज सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, रुपन्देहीको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि निर्वाचनमा प्रक्रियामा गएको हो । अन्य पदमा सहमति भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिवमा सर्वसम्मत हुन सकेन । अध्यक्षमा सुमित प्रधान र नर्जुन गुरुङ, उपाध्यक्षमा सुमन कुमार शर्मा र लक्ष्मण सुनार तथा सचिवमा नरेश अधिकारी र माधव शर्माले प्रतिष्पर्धा गरिरहेका छन् ।

मतदान सिद्धार्थनगर-१ स्थित श्री बेलहिया माध्यमिक विद्यालयमा भइरहेको छ ।

बेलहिया गाउँ समाजमा आबद्ध ३७० जनाले मतदान गर्न सक्ने निर्वाचन अधिकृत अर्जुन कुमार गिरीले बताए । हाल बेलहिया गाउँ समाजको अध्यक्ष मोहन सिंह शाही छन् ।