२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

‘आफ्नो जीवन कथा सुनाएर दंग छन् तालिमका सहभागीहरु’  

शनिवार , आश्विन ६, २०८०

भैरहवा, ६ असोज ।
हरेकको आफ्नो कथा हुन्छ, आफ्नो कथालाई माइक अगाडी मंचमा बोलेर सुनाउन पाउँदा नौलो अनुभुति हुँदो रहेछ भन्दै भैरहवामा आयोजित एक तालिम कार्यक्रमका सहभागीहरु उत्साहित भएका छन् । 

भैरहवामा आयोजित लिडरशिप स्किल्ल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) अन्तर्गत ८७ औं श्रृंखलामा सहभागीहरुले आ–आफ्नो जीवनमा घटेका उत्प्रेरक घटनाहरु सुनाउने अभ्यास गर्दछन् । ‘उत्साहजनक उपस्थिति भएको कार्यक्रममा आफ्नो कथा सुनाउन पाउँदा हामि दंग छौ, तालिमले अवसर जुराइदिएको छ, ’कार्यक्रमका संयोजक महिला उद्यमी अनिता घिमिरे शर्माले भनिन् ।

असोज ६ गते शनिबार भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालित तालिममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य  ओम जैसी, व्यवसायीहरु गौरव लाल श्रेष्ठ, गोपाल भण्डारी, पुरुषोतम लम्साल , सामाजिक अगुवा माया कंडेल, सिर्जना जोशी र अस्मिता अधिकारीले आफ्ना जीवनका उत्प्रेरित घटनाहरु सुनाएका थिए । 

एक–अर्काका जीवनमा घटेका घटनाबाट धेरै ठूलो शिक्षा लिन सकिदो रहेछ भन्दै कार्यक्रमकी अध्यक्ष धिरा के.सी.ले सहभागीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी संजिव जोशीले यो तालिमले बोल्न खोज्नेलाई मंच प्रदान गरेको बताए । उनले यसै मंचले आफूलाई पनि बोल्न सिकाएको भन्दै तालिमबारे चर्चा गरेका थिए ।

प्रशिक्षार्थीहरुमध्येहरुबाट नै विभिन्न पदीय जिम्मेवारी पाउँदा आफूभित्रको प्रतिभा बाहिर निकाल्ने अवसर मिल्दो रहेछ भन्दै जोशीले अरुहरुलाई पनि तालिममा जोडिन अनुरोध गरे ।
८७ औं श्रृंखलामा ४० जनाको सहभागीता रहेको सचिव तथा कार्यक्रम संचालक युवा उद्यमी मनोज गोयनकाले जानकारी दिए । 

DSC_7183.jpg

तालिमको प्रारम्भ ध्यान साधनाबाट हुने गर्दछ । सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले ध्यान योगा गराउँछन् ।

यो तालिमको संस्थापक तथा प्रस्तोता विजय पाण्डे रहेको तालिम व्यवस्थापन समितिका सदस्य सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले बताए । पाण्डेले सिद्धार्थ उद्योग वाणिज्य संघको महासचिव हुँदा संघका सदस्यहरुका निम्ति कार्यक्रमको सञ्चालन गरेका थिए ।

DSC_7205.jpg

अहिले तालिममा जोसुकै पनि सहभागी हुन् सक्ने व्यवस्थापन समितिका अर्का सदस्य मुनलाइट स्कूलका सञ्चालक त्रिलोकी तेलीले बताए ।