२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन : योगेश भट्टराई

शनिवार , आश्विन ६, २०८०

काठमाडौं, ६ असोज ।

नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको वातावरण नबनाएको समेत आरोप लगाएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए ।

शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड गरे  ।