२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

केपी ओली भन्छन्– वर्तमान सरकारले देश बनाउन सक्दैन

शनिवार , आश्विन ६, २०८०

काठमाडौं, ६ असोज । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएको वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्ड चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए ।

देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे।

देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए । ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दावी गरे ।