images

शनिवार, बैशाख २२ गते २०८१

उद्योग व्यापार संगठन, रुपन्देहीको नेतृत्व गर्दा...

उद्योग व्यापार संगठन, रुपन्देहीको नेतृत्व गर्दा...

images
images
images
शुक्रवार, आश्विन ५ २०८०
शुक्रवार, आश्विन ५ २०८०
  • उद्योग व्यापार संगठन, रुपन्देहीको नेतृत्व गर्दा...

    म पेशाले एक होटल व्यवसायी । व्यवसायी भएकोले उद्योगी–व्यवसायीको हकहितमा केही काम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर अघि बढे । त्यहीक्रममा विभिन्न आरोह–अवरोह पार गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को अध्यक्षको नेतृत्व सम्हालिरहेको छु । नेतृत्व सम्हाल्नु सोचेजस्तो र बोले जस्तो सजिलो भने छैन । नेतृत्वकर्ता हुन धेरै त्याग पनि गर्नुपर्छ । तर, भनिन्छ जहाँ चुनौति हुन्छ, त्यही सम्भावना हुन्छ । समाजका लागि केही योगदान पुर्‍याउनुपर्छ भन्ने उद्देश्य लिएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा रहेर निजी क्षेत्रको हकहितसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको छु ।

    images
    images
    images

    मैले आफ्नो कार्यकालमा भएको गतिविधिबारे जानकारी गराउन खोजेको छु । संस्थाबारे पनि केही जानकारी गराउन चाहन्छु ।

    २०६२ साल माघ ११ गते लुम्बिनी एकीकृत साना तथा मझौला संघको स्थापना भयो । २०६५ साल जेठ १० गते संस्थाको नाम संशोधन (परिवर्तन) भइ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन भयो । २०७२ सालमा पुन नाम परिवर्तन भइ यो संस्थाको नाम उद्योग व्यापार संगठन, रुपन्देही भयो । पुनः २०७९ मा संशोधन भइ संस्थाको नाम चेम्बर अफ कमर्श, रुपन्देही भएको छ ।

    यो संस्थाको संस्थापक अध्यक्ष मनिष कुमार जोशी हुनुहुन्छ । उहाँले २०६२ माघ ११ देखि २०७० चैत २९ गतेसम्म संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि संस्थाको अध्यक्षको जिम्मेवारी खिम बहादुर खत्रीले सम्हाल्नुभयो । खत्रीले २०७० चैत २९ देखि २०७२ फागुन २२ गतेसम्म अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो ।

    त्यसपछि संगठनको अध्यक्ष नारायण प्रसाद भण्डारी बन्नुभयो । भण्डारीले २०७२ फागुन २२ देखि २०७८ असोज ९ गतेसम्म (दुई कार्यकाल) अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो ।

    म (अनिल कुमार ज्ञवाली) २०७८ असोज ९ गतेदेखि हालसम्म) चेम्बर अफ कमर्श, रुपन्देहीको अध्यक्ष पदमा रही जिम्मेवारी निर्वाह गरिरहेको छु । मैले संगठनमा विगत १६ वर्षदेखि विभिन्न पदमा रही कार्य गर्दै आएको छु । मैले संगठनको सदस्य पदमा रही २०६३ देखि २०६६ सम्म जिम्मेवारी सम्हाले । त्यसै गरी सचिवालय सदस्यमा २०६६ देखि २०६८ चैतसम्म, कोषाध्यक्षमा २०६८ चैतदेखि २०७२ चैत २२ सम्म र महासचिवमा २०७२ चैत २२ देखि असोज ९ गतेसम्म जिम्मेवारी निर्वाह गरे ।

    २०७८ असोज ९ देखि हालसम्म अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु । विगत १६ वर्षदेखि संगठनमा निरन्तर रुपमा रही विभिन्न जिम्मेवारी सम्हाल्दै उद्योगी–व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको छु ।

    उद्योग व्यापार संगठन, रुपन्देहीले उद्योगी–व्यवसायीसँग भेटघाट, ठूला मेला–महोत्सव, सडक खाना महोत्सव, अन्य विभिन्न संघ–संस्थाका कार्यक्रममा सहभागीता, सरकारी कार्यालयहरुसँग समन्वय गदैै उद्योगी–व्यवसायीका आवाज उठाउँदै उहाँहरुका समस्या लिएर कहिले जिल्ला प्रशासन कार्यालय, कहिले .जिल्ला प्रहरी कार्यालय, कहिले भन्सार कार्यालय त कहिले राजस्व अनुसन्धान कार्यालय पुगी उहाँहरुका समस्याबारे अवगत गराउँदै तथा समाधान खोज्दै आएको छ । त्यस्तै व्यवसायी–व्यवसायीबीच असमझदारी, घरधनी र व्यवसायीबीच कुनै विवाद भए समाधान समाधानका लागि अघि बढेका छौं ।

    जब मेरो नेतृत्वमा संगठनको नयाँ कार्यसमिति निर्वाचित भयो, त्यसपछि निरन्तर रुपमा जोडबलका साथ संगठनलाई अझ उत्कृष्ट र सबल बनाउन निम्न कार्य गरेका छौं ।

    • सर्वप्रथम संगठनको कार्यालय निर्माण कार्य सम्पन्न गरायौं । त्यसपछि आवश्यक पर्ने फर्निचर, रंगरोगन, पर्दा, कार्पेट, टेबल, कुर्सी, एसी, कम्प्युटरलगायत कार्यालयलाई आवश्यक पर्ने सम्पूर्ण सामान जोड्न सफल भयौं । त्यसको लागि आवश्यक सहयोग गर्नुभएकोमा लुम्बिनी प्रदेश सरकार, अर्थ मन्त्रालय र सिद्धार्थनगर नगरपालिकालाई धन्यवाद दिन चाहन्छौं ।
    • त्यस्तै भवन निर्माणका क्रममा रहेको ऋण तिर्नका लागि सहयोग, आजीवन सदस्य र एशोसियट सदस्य बढाउन पहल गरी सबैतिरबाट सहयोग प्राप्त गरी ऋण तिर्न सफल भयौं । केही ऋण बाँकी भए पनि धेरै ऋण तिर्न सफल भएका छौं ।
    • सदस्यता वुद्धि अभियानलाई निरन्तर जारी राख्यौं । लकडाउन, आर्थिक मन्दीमा पनि हामी रोकिएनौं ।
    • उद्योग व्यापार संगठन तिलोत्तमा, उद्योग व्यापार संगठन बुटवल, उद्योग व्यापार संगठन लुम्बिनीसँग भाईचाराको सम्बन्ध स्थापित गरेका छौं ।
    • व्यवसायिक संस्था, सिद्धार्थ उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, देवदह व्यापार संघ, तिलोत्तमा व्यापार संघ, लगायत सम्पूर्ण निजी संघ–संस्थासँग सहकार्य गर्दै आएका छौं ।
    • अमुवा, मर्चवार लगायत विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना गरी त्यस क्षेत्रमा पनि संगठनले सहकार्य गरेर काम अघि बढाएको छ ।
    • वस्तुगत संस्था, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, मदिरा व्यवसायी संघ, आस्था महिला उद्यमी संघसँग पनि सहकार्य गरेर विभिन्न कार्यक्रम गरेका छौं ।
    • कार्यकाल सफल पार्नुका साथै विभिन्न क्षेत्रलाई समेटेर काम गर्नको लागि उद्योग, व्यापार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, महिला, युवा, बजार प्रवद्धन लगायत विभिन्न उपसमिति बनाई कार्य गरेका छौं ।
    • आन्तरिक पर्यटन प्रवर्नद्धन गर्नका लागि मेरो कार्यकालमा पर्यटकीय स्थलमा पुगेर वार्षिक कार्ययोजना बनायौं ।
    • संगठनको नामको स्वागत बोर्ड बेलहिया र अञ्चरपुरमा लगाउनेदेखि लिएर सरकारी कार्यालय संघ–संस्था, राजनीतिक दल लगायतसँग मिलेर कार्यक्रम गरेका थियौं
    • स्थानीय सरकार, प्रदेश  र संघीय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम अघि बढेका छौं ।
    • उद्योगी, व्यवसायीका साथै निजी क्षेत्रमा समस्याहरुका आवाज उठाउनुका साथै व्यवसाय कर, सम्पत्ति कर, राजस्व कर लगायत कर बढाउनुहुँदैन भनेर आवाज उठाएका छौं । सोहीअनुसार बढाइएको छैन । त्यस्तै ‘नो पार्किङ्ग’ र जरिवाना घटाउनपर्छ र व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्नुपर्छ भनेर जरिवाना तिराउनुहुँदैन भनेर आवाज उठाउँदै आएका छौं । त्यस्तै व्यवसायीलाई निधक्क व्यापार गर्न दिनुपर्छ भन्ने माग राख्दै आयौं । राती ९–१० बजे नै सिट्टी फुकेर सटर बन्द गराउने प्रचलन हटाइ कम्तीमा राती ११ बजेसम्म व्यवसाय सञ्चालन दिने र अनुमति लिएर राती २ बजेसम्म सञ्चालन गर्न दिने सहमति भएको छ ।
    • कोभिड–१९ र आर्थिक मन्दीले थला परेको व्यवसाय केही भए पनि चलायमान गराउन भारतीय (फरेनी) बजार जान निरुत्साहित गर्ने र बेलहिया नाकाबाट अवैध रुपमा भन्सार छलेर भित्रिने सामान नियन्त्रण गर्नुपर्छ भन्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पहल ग¥यौं ।
    • चर्को बैंक ब्याजदरविरुद्ध आन्दोलन गर्नुका साथै विभिन्न निकाय जस्तै नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतमा ज्ञापनपत्र, धर्ना, दिई केही मात्रामा भए पनि ब्याजदर नबढाउने भन्ने आश्वासन पाएका थियौं ।
    • मुलुकको दोस्रो ठूलो नाका बेलहिया नाका व्यवस्थित गर्नुका साथै भन्सार दरसम्बन्धी केही परिवर्तन गर्नका लागि सुझाव दियौं ।
    • विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रुपमा सञ्चालनको लागि सम्बन्धित निकायमा पहल गरेका छौं । त्यस्तै बेलहिया–बुटवल ६ लेन सडक र बेथरी पुल निर्माण कार्यसम्पन्न गर्न, आईसीपी निर्माण गर्न, त्यस्तै लुम्बिनी गुरुयोजनाका बाँकी काम सम्पन्न गर्न लगायत विकास निर्माणका कार्य यथाशीघ्र सिम्पन्न गर्नको लागि आवश्यक ठाउँमा दबाब दिएका छौं ।
    • यस क्षेत्रको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको लागि धेरैपटक दबाबमूलक कार्यक्रम, धर्नासहित गृहमन्त्री, पर्यटन र प्रधानमन्त्रीलगायतलाई ज्ञापनपत्रका साथै दबाब दिन कार्य गरेका छौं ।
    • सबै सरकारी कार्यालयका प्रमुख, संघ–संस्थासँग हातेमालो गर्दै अघि बढेका छौं ।

    अन्त्यमा, अब आउने नेतृत्वले सहकार्य गरेर संस्थाको दैनिक कार्य लगायत उद्योगी–व्यवसायका समस्या, उद्योग, व्यापार, कृषि, पर्यटन, प्रवद्र्धनमा जोड दिएर मेला–महोत्सव लगायत यस–संस्थालाई अझ कसरी आगाडी बढाउन सकिन्छ भनेर निरन्तर लागिरहनेमा विश्वस्त छु । म अबको केही समयपछि निवर्तमान अध्यक्ष भए पनि यस संगठनमा मेरो हरपल रहने प्रतिवद्धता व्यक्त गर्दछु । सबैलाई एकजुट बनाइ सम्पूर्ण वस्तुगत संस्था, विभिन्न संघ–संस्था र सरकारी कार्यालय, स्थानी पालिकासँग समन्वय, सहकार्यका साथै सल्लाह–सुझाव लिएर कार्य गर्न निर्वाचित टीमलाई अनुरोध गर्दछु ।

    लेखक चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij