२०८२, चैत्र ७ गते

Mar 21 2026 | २०८२, चैत्र ७ गते

आन्दोलनरत शिक्षकहरूसँग बार्ता सरयो, १२ बजे भित्र हुन सक्ने

शुक्रवार , आश्विन ५, २०८०

  • 964
    Shares
  • 964
    Shares
  • काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको बार्ता चार घन्टा पर सरेको छ । 

    असोज ३ गते देखी देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएको थियो ।बिहिबार बिहान र राती भएको बार्ता निष्कर्षबिहिन भए पछि आज बिहान ८ बजेका लागि बोलाईएको थियो । तर, सो बार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ । 

    शिक्षकहरुको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि बार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुबै आन्तरिक छलफलमा जुटेका छन ।

    सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री  अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । साे छलफल पुर्ण नभए पछि थप समय माग गरिएकाे हाे ।