२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा पट्टाभिषेक महोत्सव समारोह, पिठाधिश घोषणा 

शुक्रवार , आश्विन ५, २०८०

भैरहवा, ५ असोज । 
नेपाल बैदिक सनातन कालदेखि हिन्दु धर्मको तपोभूमी र ज्ञानको केन्द्रको रुपमा रहेको चर्चा हिन्दु घर्मका महात्मा, सन्त, महन्थहरुले गरेका छन् ।

भैरहवामा बिहीबार आयोजित पट्टाभिषेक महोत्सव समारोहमा सहभागी हुन देश विदेशवाट आएका सन्त महन्त र पीठाधिश र धर्म गुरुहरुले नेपालको धार्मिक सद्भाव र पवित्रताको संरक्षणमा नै विश्व शान्तिको आधारनीहित पक्ष रहेको बताए ।

सो धार्मिक समारोहमा स्वामी शान्तानन्द सरस्वती महाराजलाई भैरहवा संस्कृत विद्याश्रमका पिठाधिशसँगै श्री १००८ स्वामी महाराजको पदवीले विभूषित गरियो । यसअघि कार्यक्रममा उक्त संस्कृत विद्याश्रमलाई विद्यापिठ घोषणा गरिएको थियो । 

सो अवसरमा नेपाल सन्त समाजका अध्यक्ष अनन्त श्री विभुषित ज्ञानानन्द सरस्वती महाराजले सनातनी हिन्दू धर्मको रक्षार्थ सवै संवेदनशील हुन जरुरी रहेको बताए । 

त्यस्तै बुढानिलकण्ठ नारायणस्थानका मठाधिश स्वामी निगमानन्द गिरीले हिन्दू धर्मलाई संकुचित अर्थमा नहेर्न आग्रह गर्दै यो विश्वको लागि  ज्ञान, शान्ति सद्भाव र समृद्धिको अग्रज श्रोत भएको बताए ।

कार्यक्रममा भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरका मुलभट्ट टेकनारायण उपाध्याय, स्वर्गद्धारी विद्याश्रम प्युठानका महात्मा राजेश्वराय नन्द महाराज, विवेकानन्द महाराज, डा. विश्वनाथ धिताल, रोमणीप्रसाद पाठकलगायत देश–विदेशका सन्त महन्थ धर्ममुर्तिहरु र विद्यामुर्तिहरुको सहभागीता रहेको थियो ।