मंगलवार, मंसिर १९ गते २०८०

विष्णु पौडेलको प्रश्न–सरकारले आन्दोलनरत शिक्षकहरुसँग सार्थक संवाद गर्ने हैसियत गुमाएकै हो ?

विष्णु पौडेलको प्रश्न–सरकारले आन्दोलनरत शिक्षकहरुसँग सार्थक संवाद गर्ने हैसियत गुमाएकै हो ?

images
images

खबर पात्रो

४, आश्विन २०८०
  • 713
    SHARES
  • विष्णु पौडेलको प्रश्न–सरकारले आन्दोलनरत शिक्षकहरुसँग सार्थक संवाद गर्ने हैसियत गुमाएकै हो ?

    काठमाडौं, ४ असोज ।
    नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आन्दोलनरत शिक्षकहरुसँग सार्थक संवाद गर्ने र संवादबाट समाधान खोज्ने हैसियत गुमाएकै हो भन्दै प्रश्न गरेका छन् । 

    उनले वार्ताका लागि सरकारले गरेको आव्हान अरण्य रोदन सावित भएकै हो भन्दै सामाजिक संजाल फेसबुकमार्फत प्रश्न गरेका छन् । नेता पौडेलले लेखेका छन्, ‘कानुन निर्माण गर्नुपूर्व सम्बन्धित समुदायलाई विश्वासमा लिने न्यूनतम कर्तव्य निर्वाह नगर्दा हुने त यस्तै नै हो ! तथापि, सहमति र समाधान खोज्ने संकल्पका साथ सरकार र आन्दोलनका प्रतिनिधिहरूबीच अविलम्व वार्ता होस् ।’

    images
    images

    बुधबारदेखि विद्यालय बन्द गरेर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

     

     

    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - २०:४०:३६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij