बुटवल, ४ असोज ।
रूपन्देहीको बुटवलस्थित देवीनगरमा रहेको क्युटेक स्नुकर हाउसले गतहप्ता बुटवलमा सम्पन्न जिल्लास्तरीय स्नुकर प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।
बुधबार स्नुकर हाउसमा सम्पन्न एक कार्यक्रममा विजेता खेलाडी एवं रूपन्देही पुल तथा स्नुकर संघका महासचिव समेत रहेका शंकर खड्का र उपविजेता भैरहवाका शिशिर गुरुङ्गलाई सम्मान गरिएको हो । उनीहरुलाइ १÷१ थान स्टिकबक्स प्रदान गरिएको थियो भने खादा र अबिरले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै स्नुकरका सञ्चालक एवं स्नुकर संघ रूपन्देहीका निवर्तमान अध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको बताए । उनले रुपन्देहीमा स्नुकर खेलाडीहरुको बाक्लो उपस्थिति रहेको बताउँदै सबै क्षेत्रका व्यक्तिहरूले स्नुकर खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै सम्मानित हुने खड्का र गुरुङले क्लबले सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गरेका थिए । त्यस्तै मनकामना स्नुकर हाउसका सञ्चालक वासु प्रधानले पनि विजेता तथा उपविजेता खेलाडी खड्का र गुरुङलाई सम्मान गरेका छन् ।