मंगलवार, मंसिर १९ गते २०८०

संघीय सरकारले शिक्षकहरुको जायज माग अविलम्ब पूरा गर्नुपर्छ : मन्त्री गुप्ता

संघीय सरकारले शिक्षकहरुको जायज माग अविलम्ब पूरा गर्नुपर्छ : मन्त्री गुप्ता

images
images

खबर पात्रो

४, आश्विन २०८०
  • 1.6K
    SHARES
  • संघीय सरकारले शिक्षकहरुको जायज माग अविलम्ब पूरा गर्नुपर्छ : मन्त्री गुप्ता

    भैरहवा, ४ असोज ।
    लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले संघीय सरकारले शिक्षकहरुको जायज माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । शिक्षाको गुणस्तर कायम राख्नको लागि र शिक्षा क्षेत्रलाई अझै राम्रो बनाउनको लागि शिक्षकहरूको माग पूरा गर्नुपर्ने उनले बताए ।

    बिहीबार सामाजिक संजाल फेसबुकमा मन्त्री गुप्ताले स्टाटस लेखेका छन्, ‘सम्पूर्ण भगवानरूपी शिक्षकहरूप्रति मेरो साथ र समर्थन छ । एउटा कुरा ध्यान गर्नु संघीय सरकार जुन देशको शिक्षकहरूलाई सडकमा उत्रिनुपर्ने बाध्यता हुन्छ त्यो देशको भविष्य अन्धकारमा जाने निश्चित हुन्छ ।’

    images
    images

     

    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १३:५५:१२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij