मंगलवार, मंसिर १९ गते २०८०

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

images
images

खबर पात्रो

४, आश्विन २०८०
  • 427
    SHARES
  • नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

    काठमाडौं, ४ असोज । 
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।
    पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् । महाधिवेशनपछि राप्रपा नेपाललाई पुनजागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रिय समितिबाट गराएका छन् ।

    बिहीबार बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना व्यक्त गर्दै थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिव्यक्ति दिएका छन् ।

    images
    images

    थापाले सबै गुनासो, चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन् ।

    सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशव्यापी प्रदर्शनबाट थापा थप हौसिएका छन् । उनले आज ट्विट मार्फत भनेका छन्, ‘राजाप्रतिको मेरो गुनासो, असन्तुष्टी आफ्नो ठाउँमा छ । तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तिका आमसंचार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु । अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।’

    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १२:०३:०५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij