२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

जनताको हकअधिकारलाई स्थापित गर्दै संविधानको सफल कार्यान्वयनमा अघि बढ्नुपर्छ : केपी ओली

बुधवार , आश्विन ३, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकारलाई स्थापीत गर्दै संविधानको सफल कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा काठमाडौं नक्सालस्थीत नारायण चौरमा आयोजित एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई कार्यान्वयन गर्दे संविधानलाई सफल बनाउनुपर्ने बताएका हुन् ।

उनले मुलुकका उपलव्धीहरुलाई समाप्त पार्ने खालका अभिव्यक्ति र क्रियाकलाप हुने गरेको भन्दै विभाजनकारी प्रवृतिहरुलाई निरुत्साहित पार्नुपर्ने धारणा राखे ।

राष्ट्रिय एकतालाई कमजोर पार्नका लागि जुनसुकै नाममा हुने क्रियाकलापबिरुद्ध नेपाली जनता सचेत हुनुपर्ने उनले बताए । अध्यक्ष ओलीले शान्ति सुव्यवस्था, समानता, राष्ट्रिय एकता कायम गरेर राजधानीमा मात्रै नभइ देशभर नै जनस्तरमा संविधान दिवस मनाउनुपर्नै बताए ।

नारायण चौरमा संविधानमा उल्लेख गोपनीयताको हक, शोषण विरुद्धको हक, शिक्षा सम्बन्धी हक, रोजगारीको हक लगाएत लेखिएका बोर्र्डहरु राखिएका थिए भने सयौंको संख्यामा आएका नागरिकहरुले नेपाली झण्डाका साथमा सेल्फी खिचाएका थिए ।