
बुधवार , आश्विन ३, २०८०
काठमाडौं, ३ असोज ।
राप्रपा नेपालले आज असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध राँके जुलुश प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसायकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिबर्तनमा जोड दिदै राप्रपा नेपालले पछिल्लो समय सडक आन्दोलनको तयारीमा रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij