२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

संविधान संशोधन गर्न हतार गर्नुहुँदैन : केपी ओली

मंगलवार , आश्विन २, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २ असोज । 
    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका छन् । 

    पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका हुन् । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पुर्याउनुपर्ने उनको भनाइ छ । 

    दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उनले संविधान संशोधनअघि अहिले आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्ने बताए । 

    आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ ।