२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

शेखर कोइराला समूहको बैठक बस्दै

मंगलवार , आश्विन २, २०८०

काठमाडौं, २ असोज । 
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको अलग्गै बैठक बस्दैछ । असोज ४ गतेदेखि सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन ।

कोइराला निकटका अनुसार उनको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । जुन बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका नेतालाई पनि आमन्त्रण गरिएको छ । 

नेताहरूका अनुसार १४ औं महाधिवेशनपछि पहिलोपटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुनेछन् ।