भैरहवा, १ असोज ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले चाडपर्वले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । उनले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने चाडपर्वहरुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन् ।
हरितालिका (तीज) एवं विश्वकर्मा पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै गृहमन्त्री पाण्डेयले हरितालिका (तीज) एवं विश्वकर्मा पूजा हाम्रो धार्मिक साँस्कृतिक सम्पदा भएको बताए । उनले हिन्दू धर्मालम्बीहरुको पर्व हरितालिका (तीज) एवं विश्वकर्मा पूजाको अवसरमा लुम्बिनी प्रदेशबासीमा सु–सुवास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
‘हरितालिका (तीज) का दिन हिन्दू समुदायका नारीहरुले देवादिदेव महादेवको पूजा गरी आफ्नो परिवारको सुख, समृद्धि र सु–स्वास्थ्यको कामना गर्दछन् भने नाचगान लगायतका मनोरञ्जनात्मक कार्य गरी आपसमा सद्भाव गर्दै आफ्ना सुखदुःखहरु साटासाट गर्ने गर्दछन्, ’मन्त्री पाण्डेयद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै विश्वकर्मा पूजाका दिन भगवान विश्वकर्माको पूजा गरी आफ्ना सवारीसाधन तथा मेशिनरी औजारहरुको सुरक्षाका लागि प्रार्थना गर्ने गरिन्छ भन्ने शुभकामना सन्देशमा भनिएको छ ।