मंगलवार, मंसिर १९ गते २०८०

एसियन गेम्सका लागि कोशिष खड्का चीन प्रस्थान 

एसियन गेम्सका लागि कोशिष खड्का चीन प्रस्थान 

images
images

खबर पात्रो

३१, भाद्र २०८०
  • 3.3K
    SHARES
  • एसियन गेम्सका लागि कोशिष खड्का चीन प्रस्थान 

    भैरहवा, ३१ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले चीनमा आयोजना गरिएको १९ औं एसियन खेलकुदमा निर्णायक (रेफ्री) को भूमिका निर्वाह गर्न जान लागेका कोशिस बहादुर खड्कालाई सम्मानसहित विदाई गरेको छ । खड्का सिद्धार्थनगरबासी हुन् । 

    एसियन खेलकुदमा रेफ्रीको रुपमा नेपालबाट जाने खड्का एक मात्र हुन् । चार सय ८१ स्वर्ण पदकका लागि यही सेप्टेम्बर २३ देखि ८ अक्टोबरसम्म चीनको हान्जाउमा ४० वटा खेलकुदको ६१ वटा विधामा प्रतियोगिताहरु हुनेछन् ।

    images
    images

    लुम्बिनी प्रदेश खेलुकद परिषद्का कोषाध्यक्ष तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका खड्का आइतबार चीनका लागि भैरहवाबाट प्रस्थान गरेका छन् ।

    सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा खड्काले उक्त प्रतियोगितामा आफुले निष्पक्ष रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए । उनले खेलकुदको माध्यमबाट पनि नगर र मुलुकको नाम उच्च राख्न सकिने भन्दै खेलकुदको विकासका लागि हामी सबैले आ–आफ्नो स्थानबाट पहल गर्न आवश्यक रहेको बताए । 

    खड्काले तेक्वान्दो खेल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । तेक्वान्दो प्रतियोगिता सेप्टेम्बर २३ देखि सेप्टेम्बर २९ तारिखसम्म सञ्चालन हुनेछ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले एसियन खेलकुदमा सिद्धार्थनगरबासीले निर्णायकको भूमिका निर्वाह गर्न पाउनु सबैका लागि गर्वको विषय रहेको बताए ।

    सन् १९९९ मा आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मुलुकको प्रतिनिधित्व गरी तेक्वान्दो खेलमार्फत स्वर्ण पदक समेत प्राप्त गरिसकेका खड्कलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले खेलकुद प्रतियोगितामा निष्पक्ष भूमिका निर्वाह गरी सिद्धार्थनगर र देशको नाम उच्च विन्दुमा राख्न सफल हुनुहोस् भन्दै शुभकामना व्यक्त गरे ।

    images
    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १७:५३:३२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij