२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

अनेरास्ववियु रुपन्देहीको अध्यक्षमा भरत अर्याल 

आइतवार , भाद्र ३१, २०८०

रुपन्देही, ३१ भदौ । 
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको २४ औं जिल्ला अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले भरत अर्यालको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

बुटवल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अहिले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षको जिम्मेवारी लिँदै अर्यालले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

त्यस्तै अनेरास्ववियु रुपन्देहीको उपाध्यक्षमा निरज आचार्य, अर्जुन गैरे, सचिवमा सुमित सापकोटा, सह–सचिवमा मनिषा कार्की, गुनबहादुर श्रेष्ठ, सरोज खनाल, पवन भुसाल र कोषाध्यक्षमा सुनिल खनाल निर्वाचित भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अनेरास्ववियु पूर्वअध्यक्ष तथा एमाले पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरविक्रम मल्ल, एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकाल, अनेरास्ववियु पूर्व उपाध्यक्ष यम पाण्डे, सरोज पोखरेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनाल, शेषकान्त पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै संगठनलाई चलायमान बनाउन सुझाव दिएका थिए । 

379110821_6285910808203156_6294998261224774088_n.jpg

कार्यक्रम अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षता तथा सचिव प्रकाश पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।