२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

नेकपा एस ओमसतिया गाउँ कमिटी सबै वडामा पुग्ने

आइतवार , भाद्र ३१, २०८०

रुपन्देही, ३१ भदौ ।

नेकपा (एकीकृत समाजवादी) ओमसतिया गाउँकमिटी रुपन्देहीको बैठकले संगठन विस्तारलाई कार्ययोजनाका साथ अघि बढाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यता तथा गाउँपालिका कमिटी अध्यक्ष चिरन्जीवि पाण्डेको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सबै वडामा विस्तार गर्ने कार्ययोजना बनाएको हो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले नेपाली क्रान्तिलाई समाजवादसम्म डोर्याउन सक्ने वैचारिक हतियार बोकेर पार्टी अघि बढेको बताउँदै सबैलाई दृढतापूर्वक पार्टी काममा लाग्न आग्रह गरे ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य बाबुलाल यादवले नेपालमा सबैभन्दा स्वच्छ छविका नेताहरु रहेको पार्टी भनेर नेकपा एसलाई लिने गरेको दावी गर्दै पार्टीले भ्रष्टाचारविरुद्ध गाउँदेखि शहरसम्म अभियान चलाउन पार्टी कमिटीलाई आग्रह गरे ।

बैठकलाई नेकपा (एस) रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, प्रदेश कमिटी सदस्य इन्द्रजित यादव, कृष्ण भुसाल, मुक्ति चौधरीलगायतले सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताए । बैठकले हरेक वडाको कार्यविभाजन गर्दै असोज मसान्तसम्म संगठनलाई व्यवस्थित पार्ने प्रस्ताव पारित गरेको छ ।