२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

मन्त्रालय नबढाइ यथास्थितिमा सरकारलाई पूर्णता दिनु : कांग्रेस लुम्बिनी प्रदेश

शुक्रवार , भाद्र २९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • रूपन्देही, २९ भदौ । 
    नेपाली काँग्रेसले लुम्बिनी प्रदेशले आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारले मन्त्रालय थप गर्ने गरेको तयारीमा खबरदारी गरेको छ ।

    कांग्रेस लुम्बिनीले अनावश्यक मन्त्रालय थप गर्दा आर्थिक भार थप हुन जाने र जनताको बीचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई निर्देशन गर्ने निर्णय गरेको हो ।

    कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्तदुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनीति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ ।

    त्यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए । 

    ८ दलको सरकारमा सहभागी दलहरूले भागबण्डा मिलाउन तयारी गरेपछि कांग्रेस लुम्बिनी प्रदेशले सचेत गराएको हो ।

    378035396_271265165739734_8534607445922504673_n.jpg