
शुक्रवार , भाद्र २९, २०८०
रुपन्देही, २९ भदौ ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।’ भनेर स्टाटस लेखेका छन् ।
नेकपा (एस) का लुम्बिनी प्रदेश सचिवसमेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।
उनी २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट सांसद्को उम्मेदवार समेत बनेका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तत्काल कुनै पार्टीमा जाने आफ्नो सोच नरहेको नेता गुरुङले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij