२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम संसदीय सुनुवाई समितिले गर्‍यो अनुमोदन

शुक्रवार , भाद्र २९, २०८०

  • 904
    Shares
  • 904
    Shares
  • काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम अनुमोदन गरेको छ ।

    सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । यसअघि बिनोद शर्माबिरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सुचना जारी गरेपनि उहाबिरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो ।

    समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषदको पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाई गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिए ।

    त्यसअघि सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रीत हुने बताए । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफुले कार्यसम्पादन गर्ने समेत उनले बताए । उनले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने जिकिर गरे ।

    न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।